साहित्य शनिबार

“तिम्रो समृद्धि आँखामा ”
(जितेन मुस्कान )

म डुबदै डुबदै

तिम्रो समृद्धि आँखामा

कतै जिन्दगीको मोती टिप्न

कतै जिन्दगीको ज्योती टिप्न

डुबुल्की मारी रहेछु

प्रिय गाजालु आँखा

लजालु भाका

सुटुक्क बन्द नगर्नु

म तिमी भित्र भित्रै

थुनिन् सक्छु

संझानाका घाँरीहरुमा

उनिन् सक्छु

नरुन् रुदा पोखिन् सक्छु

नहल्लीनु कतै ठोकिन सक्छु

बन्द गर्दै नगर्नु आँखा

भावनामा तैरिदा तैरिदै रोकिन सक्छु

बरु एकपल हेर्न देऊ

म घित मर्ने गरी

नियाल्ने छु मनका स्पन्दनहरु

समालने छु मायालुपनका कम्पनहरु

सुस्तारी खषाउने छु

प्रेमीलो बिज हृद्रयको

रिद्रमिक तिब्रतामा

अनि जन्माउने छु

जिउदा मूना मदन

लाइला मज्नु

रोमियो र जुलियटका

रहर लाग्दो जोडी

हेर्दै तिम्रो समृद्धि आँखामा

*************समाप्त***************

3 Responses

  1. wa…wa…kabita last well 6.manai 6oyo.pragatiko kamana .

  2. k yo ni 21st century ko poetry ho????????????????

  3. Geetan bhai really sweet gazal. keep it up.

Leave a Reply